काठमाडौं । कङ्गो लोकतान्त्रिक गणतन्त्रमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा कङ्गोमा कार्यरत मोनुस्को मिसनअन्तर्गत चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फा र भीमकाली गुल्म द्रुत प्रतिक्रिया टोली (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्न रुद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फा र रणशुर गुल्म द्रुत प्रतिक्रिया टोली (शान्ति सेना) पाँचौँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकको अन्तिम टोली मिसन क्षेत्रतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २३८ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन् । हाल कङ्गोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाका कुल ९६९ जना शान्ति सैनिक कार्यरत रहेका छन्।













