फागुन २५ गते २०८२ --:--:--
मेनु

काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८२ ५:२१ PM
काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

काठमाडौँ । नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ ।

काँग्रेसका पछिल्लो विजयी उम्मेदवार मुगुबाट खड्ग शाही हुन् । उनले ७ हजार ९९४ मत प्राप्त गर्दै एमालेका पूर्णबहादुर रोकायलाई पराजित गरेका छन् ।  

त्यसअघि बाजुराबाट जनकराज गिरी १७ हजार १७३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै रौतहट- २ बाट मोहमद फिरदोश आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने पाँचथरबाट नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

त्यस्तै पाल्पा- १ मा सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गरेर विजयी भएका छन् भने कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत प्राप्त गरेर विजयी भएका छन् । त्यसैगरी जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए  । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार  ३७२ मत ल्याएर विजयी भएकी छन्  । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् ।  

त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । 

त्यस्तै सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका छन् भने हुम्लाबाट जय्पति रोकाय ८ हजार ७९७ मत प्राप्त गरेर जितेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?