वैशाख २८ गते २०८३ --:--:--
मेनु

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरो आर्थिक मेरो आर्थिक वैशाख २८ गते २०८३ १२:३१ PM
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज (वैशाख २८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि तथा ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेको छ।

यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता छुट्याइएको कम्पनीले जनाएको छ।

हाल सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर बिक्रीमा ल्याइएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओको रेटिङमाकेयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष तथा डिस्काउन्ट अवधिमा लगानी फिर्ता हुने समय १८.३७ वर्ष रहेको उल्लेख गरिएको छ।

आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?