असाेज १२ गते २०८३ --:--:--
मेनु

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक प्रस्तुत हुँदै

मेरो आर्थिक मेरो आर्थिक • असाेज १२ गते २०८३ ६:३८ AM
सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ सभामा पेस गर्नेछिन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पनि प्रतिनिधिसभामा चारवटा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस हुने

यसैबीच, दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

आजका दुवै सदनका बैठकमा विभिन्न विधेयक तथा वार्षिक प्रतिवेदन पेस हुने भएकाले संसदीय कार्यसूचीमा महत्वपूर्ण विषयहरू समेटिएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?