कामना सेवा विकास बैंककाे नाफा बृद्धि, पहिलो त्रैमासमा १७ करोड ४९ लाख खुद नाफा

मेरो आर्थिक
कार्तिक ८ गते २०८१
समयः ७:४५ am

काठमाडौं, ७ कात्तिक । कामना सेवा विकास बैंककाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ । बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार बैंकले यस अवधीमा १७ करोड ४९ लाख खुद नाफा गरेकाे छ ।
बैंकले चालु वर्षकाे यो अवधिमा कमाएकाे नाफा गत वर्षको साेहि अवधिको तुलनामा ४६.४० प्रतिशतले बढी हो । गएकाे वर्षमा याे नाफा रूपैयाँ ११ करोड ९५ लाख मात्र रहेकाे थियो ।
बैंककाे खुद ब्याज आम्दानी ५.६७ प्रतिशतले बढेकाे छ । याे बढेर रूपैयाँ ५१ करोड ८७ लाख पुगेकाे छ । गत वर्ष याे आम्दानी रूपैयाँ ४९ करोड ९ लाख रहेकाे थियो ।
इम्पेयरमेन्ट चार्ज रूपैयाँ ९ करोड ५२ लाखबाट घटेर ४ करोड ८७ लाख कायम भएकाे छ । यसैकाे कारण नाफामा सुधार हुन सुहयाेग भएकाे हाे । सञ्चालन नाफा ४२.५७ प्रतिशतले बढेकाे छ । वितरणयोग्य नाफा ७१८ प्रतिशतले बढेर रूपैयाँ २० करोड ९८ लाख रहेकाे छ ।
बैंककाे चुक्ता पुँजी रूपैयाँ ३ अर्ब ५१ करोड ८ लाख रहेकाे छ । जगेडा कोषमा रूपैयाँ १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १९.९४ रुपैयाँ रहेकाे छ । नेटवर्थ १५४ रुपैयाँ २१ पैसा छ । बैंकको अध्यक्षमा सुदिप आचार्य छन भने प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली रहेका छन।