सांग्रिला डेभलपमेन्ट बैंक २०औं बर्षमा : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

सांग्रिला डेभलपमेन्ट बैंक २०औं बर्षमा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १३ गते २०८१

काठमाडाैं, १३ कात्तिक। बालुवाटार काठमाडाैंमा प्रधान कार्यालय रहेकाे सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आजबाट २० औं बर्षमा प्रवेश गरेकाे छ । बार्षिकाेत्सवका अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरू समेत आयाेजना गरेकाे छ ।

बैकले २० वर्ष सम्मकाे यात्रामा निरन्तर साथ र सहकार्य गर्ने सम्पुर्ण ग्राहक, नियामक निकाय तथा सुभेच्छुकहरूलाइ धन्यबाद ज्ञापन गरेकाे छ ।

बैकप्रति ग्राहकहरूले गर्नुभएकाे बिश्वासलाइ उच्च सम्मान गर्दै आगामी दिनमा पनि अझ समर्पणका साथ उत्कृष्ट बित्तिय सेवा प्रदान गर्दै जाने सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयाेग श्रेष्ठले बताएका छन ।

हाल मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० वटा एटिएमबाट बित्तिय सेवा प्रदान गरिरहेकाे बैकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।