Skip to content
logo
माघ ७ गते २०८१ समयः

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

मेरो आर्थिक
मेरो आर्थिक
पौष २२ गते २०८१
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, आज केही विदेशी मुद्राको मूल्य स्थिर रहेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ १० पैसा, बिक्रीदर १७० रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५० रुपैयाँ ७६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिदर ३५६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Add a new comment