जेठ ५ गते २०८२

ग्लोबल आइएमई बैंकको नाफमा वृद्दि

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८२ ६:३८ AM

ग्लोबल आइएमई बैंकले खुद नाफा बढाएको छ । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गएको वर्षको सोही अवधिकोभन्दा बढेको हो ।

यो वर्ष पहिलो ९ महिनामा बैंकले रुपैयाँ ४ अर्ब ५३ करोड ४० लाख खुद नाफा गरेको छ। जो गत वर्षको सोही अवधिको भन्दा ३७.१२ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकले इम्पेरमेन्ट चार्ज घटेकोले खुद नाफा कमाउन सफल भएको हो । खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घट्दा खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढेको छ।

कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ३४.४१ प्रतिशतले बढ्दा इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा रहेको छ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा भएको छ। चैत मसान्तसम्ममा वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ छ । मूल्य आम्दानी रेसियो १३.७९ गुणा छ । नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ।

बैंकको चुक्ता पूँजी रुपैयाँ ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने जगेडामा रुपैयाँ २८ अर्ब २० लाख रहेको छ। यस अवधिमा रुपैयाँ ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख निक्षेप संकलन गरेको छ । रुपैयाँ ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख कर्जामा लगानी रहेको छ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.