पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो, आइतबार राति १२ बजेपछि लागू हुने


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।
भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आइतबार राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%