सवारी लाइसेन्सको पाँच बर्षको अबधि बढाएर दश बर्ष


सरकारले सवारी लाइसेन्सको पाँच बर्षको अबधि बढाएर दश बर्षको बनाएको छ । प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेर समायवधि बढाएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।
मंगलबार प्रतिनिधि सभाले पारित गरेको यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ।