रिलायबल समृद्धिको इकाईमा आवेदन दिने अन्तिम दिन


काठमाडाैं, ९ वैशाख । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख ३ गतेदेखि बिक्रीमा ल्याएकाे एक अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । १० वर्षकाे अवधि रहेकाे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना बन्दमुखी योजना हो।
कुल १० करोड इकाईको १ करोड १५ लाख इकाईबाट १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि रहेकाे छ ।
१० लाख इकाई योजना व्यवस्थापकका लागि र बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । यसका लागि घटीमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।