Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

राशिफल

श्रावण १२ गते २०८१

ज्योतिष

पं. ज्यो. पुर्ण प्रसाद खतिवडा

ज्योतिष परामर्शका लागीः

9842624306, 9840077047

profile
मेष

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज घरायसी वातावरण धमिलो हुन सक्छ। परिवार भित्रका सानातिना समस्यामा अल्मलाउनु पर्नेछ । वादविवादबाट टाढै बसेको जाती हुनेछ । परेवालाई खान दिएर कामको थालनी गरेको राम्रो होला।

वृष

वृष

(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज घरमा अतिथिको आगमन हुनेछ । परिवारमा नयाँ सदस्य थप हुन सक्छ । आफूमा भएको क्षमता प्रदर्शन गर्ने अवसर आउनेछ । साथ सहयोग मिल्नेछ ।

मिथुन

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज विभिन्न क्षेत्रबाट भएको सहयोगले महत्त्वपूर्ण कार्यमा सहयोग पुग्नेछ । आफ्ना योजनाललाई आज गोप्य राखेकै भलो होला ।

कर्कट

कर्कट

(ही, हू , हे, हो, डा, डी, डू, डे, डो)

आज बोलीवचनमा निखार आउनेछ । सभा सम्मेलनमा तपाँईको प्रशंसा हुनेछ । अध्यायन अध्यापन राम्रो रहनेछ । सहयोगीको कमी हुने छैन ।

सिंह

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ठूलै किसिमको जिम्मेवारी वहन गर्ने समय आएको छ । आफू भन्दा वयोवृद्धको सल्लाह महत्त्वपूर्ण हुनेछ । अवरुद्ध भएका काम सुचारु हुने छन् ।

कन्या

कन्या

(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय राम्रो रहेको छ । आफन्तले दिएको साथ सहयोग र सुझाव परिणाममुखी बन्नेछ । सरकारी कर्मचारीका लागि अझ उत्तम समय रहेको छ ।

तुला

तुला

(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफन्तबाट धोका हुन सक्छ । यात्रामा सजकता नअपनाए जोखिम मोल्नु पर्ने अवस्था आउन सक्छ । गाईलाई खान दिएर कामको थालनी गर्नुहोला ।

वृश्चिक

वृश्चिक

(तो, ना, नी, नू, ने, नो, या, यी, यू)

परोपकारमा हात अघि बढने छन् । अर्थोपार्जनका मार्ग खुल्ने छन् । साँझको समय मनोरञ्जनात्क भएर बित्नेछ । दिन अर्थपूर्ण रहनेछ ।

धनु

धनु

(ये, यो, भा, भी, भू, ध, फ, ढ, भे)

शारीरिक तथा मानसिक कमजोरी महशुस हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थभावको समस्या नआला भन्न सकिन्न । साँझमा भने प्रशन्नता छाउँनेछ ।

मकर

मकर

(भो, जा, जी, जू, ख, ग, ड, ढ, य)

सामाजिक तथा धार्मिक महत्त्व बढाउने किसिमको यात्राको योग रहेको छ । टाढा रहेका आफन्तको साथ सहयोग मिल्नेछ । रोकिएका कामले पुनः गति लिनेछ ।

कुम्भ

कुम्भ

(घ, ख, ग, स, श, ष, ल, व, क)

आजको दिन राम्रो भएर आएको छ । परोपकार तथा सहयोगको क्षेत्रमा प्रमुख भूमिका रहनेछ । आफन्तलाई खुशी दिने अवसर आउनेछ ।

मीन

मीन

(खो, ना, थ, झ, ञ, दा, दी, दू, दे)

प्रतिस्पर्धा र तार्किक क्षेत्रमा विजय निश्चित रहनेछ । अरूको मन जित्न कसरत पर्ने छैन । गोनीयतालाई आत्मासाथ गरेको कामले ठूलै उपलब्धि हात पर्नेछ ।