जेठ ६ गते २०८२

उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८१ ६:५२ AM

नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा लोडसेडिङको बेला ६ वटा उद्योगमा सस्तोमा विद्युत दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राख्नुभएको हो ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले बिना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गर्नुभयो ।

विद्युतमा प्रिमियम जोडेर ती उद्योगमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रबन्ध निर्देशक घिसिङको भनाइ थियो । उहाँले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपियाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराउनुभयो।

प्रवन्ध निर्देशक घिसिङले दक्षिण एशियामा भूटानबाहेक नेपालको विद्युत सबैभन्दा सस्तो भएको जानकारी पनि दिनुभयो । उहाँले आफूले प्राधिकरणको नृतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत महशुल घटाएको र करिव २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गर्नुभयो ।

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले आफूले आर्जन गरेको नाफा पनि विद्युतको ट्रान्समिसन लाइन लगायतको पूर्वाधार निर्माणको खर्च गरेको स्पष्टिकरण पनि दिनुभयो।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.