Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

पुर्वी नाका पशुपतिनगरमा सूचना केन्द्र र सवारी साधन पार्क निर्माण

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ५ गते २०८०
पुर्वी नाका पशुपतिनगरमा सूचना केन्द्र र सवारी साधन पार्क निर्माण

नेपालमाम पुर्वको नाका पशुपतिमा पुर्वी नाका पशुपतिनगरमा सूचना केन्द्र र सवारी साधन पार्क निर्माण भएको छ । सूर्योदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका हुन्।

केन्द्र र पार्क उद्घाटन गर्दै सूर्योदयका मेयर रणबहादुर राईले पशुपतिनगर नाका पूर्वी पहाडको ढोका पनि भएकाले यहाँ पर्यटकको आऊ–जाऊ बढ्ने आशा गरेको बताए । उनले यहाँ आएका आन्तरिक र बाह्य पर्यटकलाई नेपालका पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्र लगायतबारे सूचना दिन केन्द्र स्थापना गरिएको जनाए ।

यहाँ घुम्न आउने विशेष गरी आन्तरिक र भारतीय पर्यटकको सुविधाका लागि सीमा क्षेत्रमा सूचना केन्द्र स्थापना गरिएको नगरले जनाएको छ। यही स्थानमा ट्याक्सी पार्क पनि निर्माण भएपछि पर्यटक र यात्रुलाई सजिलो भएको छ । ‘यहाँ सूचना केन्द्र स्थापना भएपछि विशेष गरी पर्यटकले आफू घुम्न जान चाहेको स्थानका बारेमा जानकारी पाउनेछन्,’ उनले भने, ‘ट्याक्सी पार्कले पर्यटकसहित सबै यात्रुलाई सुविधा पुग्नेछ।’ १६ लाख १८ हजार रुपैयाँमा सूचना केन्द्र र १० लाख २२ हजार रुपैयाँ लगानीमा ट्याक्सी पार्क निर्माण गरिएको नगरका इन्जिनियर सृजन गदालले जानकारी दिए। उनका अनुसार सूचना केन्द्रको फर्निचरका लागि कोशी प्रदेश सरकारले समेत सहयोग गरेको छ। ३ रोपनी ८ आनामा फैलिएको पार्कमा ८० ट्याक्सी तथा जिप अटाउने छन्। शौचालयको सुविधासमेत रहेको उनले जनाए।

सूर्योदय नपरपालिकाका नपरप्रमुख रण बहादुर राईका अनुसारः– भारतबाट नेपाल छिर्न वित्तीकै अव्यवस्थित र गाडीको जामको कारण नेपाल आउने भारतीय पर्यटकको पहिलो प्रभाव नै खराब पर्ने । सूर्योदय नगरपालिका मात्रै हैन , प्रदेशको नै जानकारी दिने न्यूनतम पूर्वाधार पनि थिएन। त्यति मात्रै हैन, नेपालको नेपालीहरू भारतको विभिन्न ठाउॅहरूमा भ्रमण गर्दा यातायातको भाडादर थाहा नभएको कारण पनि भाडा दरमा एकरूपता थिएन। अब यी सबै कुराहरूको हल गर्न नगरपालिकाले सवारी पार्क र सूचना केन्द्र एकै दिनमा प्रारम्भ गरेको छ । भारतबाट निर्धारण भएको भाडा दरको बारेमा सम्पूर्ण भारत जाने नेपालीहरूलाई जानकारी गराईन्छ भने नेपालको विभिन्न ठाउॅमा भ्रमण गर्ने पर्यटकहरूलाई यातायात भाडा दर देखि लिएर, पर्यटकीय ठाउॅहरू लगायत सम्पूर्ण जानकारी उपलव्ध हुनेछ । नेपालमा आउने पर्यटकहरू र नेपाल बाहिरा जाने पर्यटकहरूको समेत जानकारी लगायत अन्य धेरै कुराहरूमा यसले सहयोग गर्नेछ।

पशुपतिनगर नाका भएर बर्सेनि सयौँ नेपाली भारतका दार्जिलिङ, मिरिक, सिक्किमल, सिलिगुडीलगायत स्थानमा घुम्न जान्छन्। यहाँबाट त्यही संख्यामा बंगाली पर्यटक नेपाल आउने गरेका छन्। पशुपतिनगर नाकामा भन्सार कार्यालय रहे पनि भन्सार सुविधा भने छैन। भारतपट्टि उही प्रकृतिको कार्यालय नहुँदा पशुपतिनगरको अध्यागमन कार्यालय पनि वर्षौंयता कामविहीन छ।

Add a new comment