Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

डेंगु सङ्क्रमितको संख्यामा तिव्र वृद्धि, दुई दिनमा १५ सय बढी सङ्क्रमित

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २३ गते २०८०
डेंगु सङ्क्रमितको संख्यामा तिव्र वृद्धि, दुई दिनमा १५ सय बढी सङ्क्रमित

नेपालमा डेंगु सङ्क्रमितको संख्यामा तिव्र वृद्धि भएको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्कअनुसार दुई दिन अघि ३५ हजार २२३ जना सङ्क्रमित थिए भने हाल ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्र २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५८५, लुम्बिनी प्रदेशमा ६४५ र कर्णाली प्रदेशमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

Add a new comment