जेठ ६ गते २०८२

नयाँ स्काभेटर खरिद गरि रोङ गाउँपालिका स्तरोन्नतिको कार्य गराउदै

मेरो आर्थिक मेरो आर्थिक माघ ७ गते २०८० ९:४० AM

रोङ । रोङ गाउँपालिका वडा नं ३, कुटिडाँडा । गाउँपालिका भरिका सामुदायिक बिद्यालयहरुको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउने साथै स्थानिय स्तरका विभिन्न खेलकुद कार्यक्रम हरु गराउने गरिएको खेलमैदान भैगोलिक हिसाबले सानो भएको कारण सबै खाले आउटडोर खेल सहज रुपमा संचालन गर्न कठिनाई रहेको खेल प्रशिक्षक हरुको गुनासो आएसँगै उक्त खेल मैदानको स्तरोन्नति को काम धमाधम अघि बढाइएकाे छ । शान्ति निकेतन नमुना माध्यमिक विद्यालय को स्वामित्व मा रहेको ७ साईडको मैदानलाई ११ साइड बनाउन लागिएको हो ।

इन्डोर गेमहरु कराँते ,तेक्वान्दो ,बक्सिङ ,टेवल टेनिस ,ब्याडमिन्टन जस्ता खेल गतिविधि मात्र गराउन मिल्ने गरी गत साल रोङ गाउँपालिकाले हाँसपोखरी मा कबड हल निर्माण सम्पन्न गरेको थियो ।

२०८१ सालको जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गर्ने लक्ष्य भएको तर खेल मैदान स्तरोन्नति गर्नुपर्नेमा बढेको चौतर्फी माग लाई सम्बोधन गर्दै रोङ गाउँपालिकाले अन्यत्रबाट मेसिन ल्याउँदा बढी खर्च हुने अवस्था भएकोले पालिका आँफैले भर्खरै नयाँ स्काभेटर खरिद गरि कार्य द्रुतगतिमा अगाडि बढाएको छ। पालिकासँग पहिले नै २ ओटा जेसिभि रहेको थियो । मेसिन खरिद गरेले समय र पैसा दुबै बचत हुने साथै काम पनि गुणस्तरीय हुने स्याङबाेले बताए ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.