जेठ ६ गते २०८२

न्यूरोडको विकल्पमा दुई स्थानमा नि:शुल्क पार्किङ खुल्ला

मेरो आर्थिक मेरो आर्थिक माघ १६ गते २०८० ३:१० PM

काठमाडाैँ महानगरपालिकाले माघ २३ गते न्यूरोड वरपर सडक छेउमा पार्किङ गर्न प्रतिबन्ध लगाएपछि दुई विकल्प प्रस्ताव गरेको छ जसमा काठमाडौं टावर र धरहरा पार्किङ नामक दुई विकल्पमा दुई हजार दुईपाङ्ग्रे र तीन सय चारपाङ्ग्रे सवारी साधन अटाउन सकिने महानगरले जनाएको छ ।

ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशालबजारलगायतका भवनको भूमिगत तल्लामा पार्किङको सुविधा छ यद्यपि व्यापारीहरुको चर्को आन्दोलन पश्चात महानगरले उक्त पार्किङ समस्या हल गर्दै विकल्पहरु पेश गरेको छ ।

महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नयाँ सडकको विकल्पका रूपमा दुईपाङ्ग्रे सवारीका लागि दुई हजार दुई सय र चारपाङ्ग्रे सवारीका लागि तीन सय ठाउँ निःशुल्क उपलब्ध छन् ।

धरहरा पार्किङमा १ हजार ५ सय दुईपाङ्ग्रे सवारी साधन अटाउन सकिने पाण्डेले बताए । थप रूपमा, काठमाडौं टावरले 700 दुई पाङ्ग्रे र 300 चार पाङ्ग्रे सवारीहरूको लागि पार्किङ ठाउँ प्रदान गर्दछ। उनका अनुसार यो सङख्या बाटोमा कुद्ने सवारी साधन भन्दा धेरै हो ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.