नागढुंगा–मुग्लिङ सडकमा कार्य प्रगति सुस्त, यात्रुलाई सास्ती : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

नागढुंगा–मुग्लिङ सडकमा कार्य प्रगति सुस्त, यात्रुलाई सास्ती

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८०

विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको नागढुंगा–मुग्लिङ सडकको पहिलो खण्ड नागढुंगा–नौबिसे छ । १२.२६ किमि दूरीको यो खण्डको १ अर्ब ३० करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७९ जेठ २६ बाट थालिएको थियो । २ वर्षभित्र सक्नुपर्नेमा निर्माण थालेको १९ महिना बितिसक्दा भौतिक प्रगति भने ३६ प्रतिशत मात्र छ ।

नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएकोमा काम भने सुस्त देखिएको छ । नागढुंगादेखि नौबिसे र नौबिसेदेखि मलेखुसम्मको खण्डमा जथाभावी सडक भत्काएर काम गर्दा यात्रुले धूलो र ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

पहिलो खण्ड जाङ्सु–सगुन जेभीले लिएको ठेक्का ५ महिनाभित्र ६४ प्रतिशत काम सकिने अवस्था देखिँदैन । तर सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर त्रिलोकनाथ घिमिरेले भने पर्खाल र नाली निर्माणको धेरै काम सकिइसकेको बताए । सो खण्डमा पर्खाल र नालीको धेरैजसो काम सकिइसकेको छ, सडक कालोपत्रका लागि पनि तयारी भइरहेको भने केही–केही ठाउँमा रूख कटानको समस्या भएर पनि काममा ढिलाइ भएकोले तोकिएकै समयमा सक्ने गरी प्रयास भइरहेको घिमिरेको भनाइ छ ।

दोस्रो खण्ड नौबिसे–मलेखु र तेस्रो खण्ड मलेखु–मुग्लिङमा भनि काम उत्तिकै सुस्त देखिन्छ । दुई अलग अलग कम्पनीले लिएको ठेक्कामा पनि काममा ढिलासुस्ती छ जसको मर्का आम सर्वसाधारणले खेप्नु परेको छ । सुरु सम्झौताअनुसार ०८२ जेठ २५ भित्र स्तरोन्नतिको काम सकिसक्नुपर्नेछ । तर निर्माणको समय १७ महिना बाँकी छँदा यो खण्डको भौतिक प्रगति भने १४ प्रतिशत मात्रै छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?