सुख्खा पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
मेरो आर्थिक
फागुन २९ गते २०८०
समयः ८:५४ am
सुख्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध भएको कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोरको काम गरिरहेको कालिका कन्स्ट्रक्सनले पहिरो हटाएपछि सोमबार सडक खुला गरिएको हो ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बरालवा, बाग्लुङ र गुल्मी जिल्लाको सीमावर्ती क्षेत्रमा भीषण पहिरो गएको हो । सडक सञ्चालनसँगै लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आएका छन् ।
पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुंगा–अरवेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यसअघि २०२४ फेब्रुअरी २३ मा सुख्खा पहिरोका कारण करिडोर एक साताका लागि बन्द गरिएको थियो ।