ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी

मेरो आर्थिक मेरो आर्थिक चैत्र २९ गते २०८०

पुर्वको हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी पुगेको छ । ताप्लेजुङ जिल्लाको सवै भन्दा दुर्गम गाउ ओलाङचुङगोलामा भौगोलिक विकटताका बाबजुद गाडी पुगेको हो ।

दुर्गम तर चर्चित यस ठाउँमा गाडीको आगमनलाई असामान्य संभावनाको रुपमा हेरिएको छ । पर्यटकीय संभावना बोकेको यो ठाउँमा गाडीको सुविधा पुगेकोमा जिल्लाबासीहरु खुशी ब्यक्त गरिरहेका छन् ।

“हिमाली जिल्ला त्यससँगै बिकट भौगोलिक अवस्थिति जसलाई तोडेर यो संभावना खोज्ने कुनै सामान्य कुरा थिएन, आज हामी सफल भएका छौं ।” उद्घाटनमा सहभागी एक स्थानीयले भने । उनले भने “यसबाट ओलाङचुङ्बासिहरुलाई सेवा हुने नै भयो यसका अलावा पर्यटकहरुलाई अझ धेरै सेवा हुनेछ ।”

(ताप्लेजुङबाट दिल कुमार फेम्बुको सहगोगमा एक रिपोर्ट)

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?