डल्लीको चिया पसलको आयोजनामा, बैंक परिसरमा रक्तदान सम्पन्न : Mero Aarthik
कार्तिक २८ गते २०८२

डल्लीको चिया पसलको आयोजनामा, बैंक परिसरमा रक्तदान सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक वैशाख २४ गते २०८१

डल्लीको चिया पसलको आयोजनामा रक्तदान सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा बालकोट चोकमा रहेको लक्ष्मी सनराईज बैंक शाखा परिसरमा रक्तदान सम्पन्न भएको हो।

कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए। रगतको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाका बिरामीहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने अभिप्रायले आफुले बेला बेला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको चियापसलकी प्रोप्राइटर बिपना खत्रीले बताउनु भयो।

खत्रीले रक्तदान कार्यक्रमको आयोजना गरेको यो तेस्रो पटक हो।तेस्रो पटक रक्तदान गर्ने रक्तदाताहरुलाई चिया पसलको नाम अंकित टिसर्ट र सम्मान पत्र समेत प्रदान गरेकी थिइन।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?