Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालय ५ दिनका लागि बन्द

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १७ गते २०८१
अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालय ५ दिनका लागि बन्द

अत्यधिक गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरु ऋाजदेखि पाँच दिनका लागि बन्द भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिएको हो ।

उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने जनाएको छ ।

निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ : ‘प्रस्तुत विषयमा हाल बढ्दो अत्यधिक गर्मीको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै मिति २०८१/०२/१७ गते बिहिबार देखि २०८१/०२/२१ गते सोमबार सम्म जम्मा ५ दिन वर्षे विदाबाट कट्टा हुने गरी यस उप-महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारीको लागि अनुरोध छ ।’

Add a new comment