शिक्षा समितिको बैठक आइतबारका लागि बोलाइयो : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

शिक्षा समितिको बैठक आइतबारका लागि बोलाइयो

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८२

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।

आइतबार अपराहन्न १ बजेका लागि बोलाइएको बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक पारित गर्ने बताइएको छ ।

यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?