Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या, आशंकामा एक जना पक्राउ

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र ३० गते २०८०
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या, आशंकामा एक जना पक्राउ

काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको छ । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

त्यस्तै हत्या आशंकामा प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ । अहिले घटना स्थल वरिपरी सन्नाटा छाएको छ । भुजेल परिवार एकै घरपरिवारको हुन् । दोशीलाई हदै सम्मको कारवाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

Add a new comment