Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

प्युठान रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ४ गते २०८०
प्युठान रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम

४ असोज ,प्युठान। नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ ।जापानीज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा रेडक्रस प्युठान शाखाले होटल आयुस्मामा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो । रेडक्रसले प्युठान शाखाले "समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना " कार्यक्रम अन्तर्गत तालिम दिएको छ ।

तालिममा प्राथमिक उपचार सीप, घाइतेको जाँचको चरणहरु, बेहोसी, रक्तश्राव, क्षोभ, हाड भचाई, पट्टीहरुको प्रयोग, मेरुदण्डको चोट, ओसार–पसार लगायतका महत्वपूर्ण सीपहरुको विषयमा सिकाईएको तालिम रहने प्रशिक्षण सुजन बि.कले बताए।तालिममा २४ जनाको सहभागिता रहेको रेडक्रस प्युठानले जनाएको छ ।

४ दिनसम्म सञ्चालन हुने तालिमको बिहिबार बाट सुरु गरिएको छ। तालिमको मन्तब्यमा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमिती सदस्य तथा जिल्ला शाखा सभापती गुमानराज पुलामीले मानविय जीवनमा प्राथमिक उपचार सीप अत्यन्तै महत्वपूर्ण हुने भएकाले रेडक्रसले सञ्चालन गरेको कार्यक्रम अत्यन्त उपयोगी र महत्वपूर्ण रहेको बताए ।

उनले भने-"रेडक्रस संस्था विरामी वा घाइतेको साहराको रुपमा रहेकाले स्थानीय सरकाले रेडक्रससँग सहकार्य गर्दै अगाडि बढेको र आगामी दिनहरुमा पनि निरन्तर सहकार्य र समन्वय गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।" आगामी दिनहरुमा पनि आवश्यक परेको अवस्थामा रेडक्रसले स्वयंसेवी रुपमा अन्य तालिमहरु समेत दिने बताए । कार्यक्रमको अध्यक्षता रहेका शाखाका मन्त्री दामोदर शर्माले नेपाल रेडक्रस सोसाइटी रेडक्रसको महत्वपूर्ण सीप मध्ये प्राथमिक उपचार सीप रहेको बताए । उनले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रथामिक उपचारका तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।

तालिममा सहभागीहरुलाई सुजन बि.क भरत प्रसाद कोईराला ,सुस्मा भण्डारी र प्रकाश पाण्डे प्रशिक्षण दिने छन् । तालिम उद्घाटनमा प्रशासन तथा लेखा बरिष्ठ सहायक देबिराम शर्माले कार्यक्रम संचालन गरेका थिए।

Add a new comment