Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सरकार र शिक्षकहरुबीच आज शुक्रबार औपचारिक वार्ता हुने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ५ गते २०८०
सरकार र शिक्षकहरुबीच आज शुक्रबार औपचारिक वार्ता हुने

सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज अर्थात् शुक्रबार औपचारिक वार्ता हुने भएको छ । बिहीबार विहान र साँझ दुई चरणमा मन्त्रीहरुसँग छलफल भए पनि औपचारिक वार्ता भने शुक्रबार हुने भएको निर्णय भएको हो ।

बिहीबार विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग पनि शिक्षक प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

शुक्रबार विहान ८ बजे बैठक बोलाइएको छ । वार्तामा सहभागी शिक्षक प्रतिनिधिले सरकारले औपचारिक रुपमा पत्र पठाएर आफूहरुलाई वार्तामा नबोलाएकाले सो छलफललाई औपचारिक मान्न नमिल्ने बताएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षकको मागका सबैजसो बुँदामा छलफल भए पनि औपचारिक वार्ता नभएको बताए ।

Add a new comment