वैशाख ११ गते २०८३ --:--:--
मेनु

नेपाल पञ्चाङ्ग निर्णायकद्धारा दसैँको टीकाको साइत सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असाेज १७ गते २०८० ६:४२ AM
नेपाल पञ्चाङ्ग निर्णायकद्धारा दसैँको टीकाको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

यो वर्ष घटस्थापना असोज २८ गते आइतबार छ भने घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् उत्तम मानिएको छ । यस्तै कार्तिक ४ गते शनिबार फूलपातीदिन तुलजाभवानी यात्रा बिहान ८:२४ बजे शुभ रहेको छ ।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे टिका ग्रहणको लागि उत्तम समय रहेको समितिले जनाएको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको छ । यस दिनलाई दशैँको अन्तिम दिन मानिन्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?