ज्यान मुद्दाका दोषी रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो जवाफ : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

ज्यान मुद्दाका दोषी रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो जवाफ

मेरो आर्थिक मेरो आर्थिक असाेज १९ गते २०८०

ज्यान मुद्दामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले कैद मिनाहाको कारण लिखितरुपमा असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको हो।

कैद माफी गर्दा भएका सबै निर्णयको सक्कलप्रति झिकाउन पनि आदेश दिएको छ । ‘प्रस्तुत निवेदनमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्न उपयुक्त देखियो’, आदेशमा भनिएको छ। रिट पूर्ण इजलासमा पेस गर्न पनि भनेको छ।

रिगलको कैद माफीविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । सर्वोच्चले पीडित परिवारको सुरक्षा गर्न पनि आदेश दिएको छ।

सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिन पनि भनेको छ । यो मुद्दामा अब असोज २५ गते सुनुवाइ हुनेछ। सर्वोच्चले त्यसदिनको बहसमा महान्यायाधिवक्तालाई पनि उपस्थित हुन आदेश दिएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?