Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १९ गते २०८०
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि चाडवाडको लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुल्ला हुने भएको हो ।

हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको हो ।

Add a new comment