बिगमार्ट जनकपुरमा गए राति आगलागी, करोडौंको क्षति अनुमान


बिगमार्ट जनकपुरमा गए राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा रहेको मार्टमा गए राति ११ बजे अकस्मात् लागेको हो ।
जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयबासी लगायतको सहयोगमा आगलागी आज बिहान नियन्त्रणमा आएको जनाइएको छ । मार्टका सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायले जनाएका छन् । उनले आफ्नो परिवार पनि यही मार्ट भएको घरको दोस्रो तल्लामा बस्ने भएकोले आफुहरुले भागेर ज्यान बचाएको बताए । आगो कहाँबाट कसरी शुरु भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%