वैशाख ११ गते २०८३ --:--:--
मेनु

झलनाथ खनालसँगको सहकार्यको नाममा करोडौं भष्टाचारको मुद्धा दायर

मेरो आर्थिक मेरो आर्थिक असाेज २२ गते २०८० ७:०४ AM
झलनाथ खनालसँगको सहकार्यको नाममा करोडौं भष्टाचारको मुद्धा दायर

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नाममा करोडौँ रकम भ्रष्टाचार गरेको रहस्य खुलेको छ । सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर र मधेश प्रदेशका तत्कालीन मन्त्रीले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नाममा करोडौँ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेसँगै घटना सतहमा आएको हो ।

प्रतिष्ठानले सञ्चालन गरेको विषालु सर्पको टोकाइबाट बच्न लगाइने खोप र अनुसन्धान केन्द्र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले मधेश प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका पूर्व नगरप्रमुख मान बहादुर खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका मिम्ति बिनियोजन भएको बजेटमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

पूर्वमन्त्री विजय कुमार र पूर्व मेयर मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी प्रचलित कानून विपरीत लागत साझेदारी सुन्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्थालाई १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको अख्तियारको दाबी छ । निकासा गरेको यो रकम बराबरको विगो, विगोअनुसारको जरिमाना र कैद सजाय दाबी गर्दै अख्तियारले मुद्धा दायर गरेको छ । अब यस बिषयमा अदालतले निर्णय गर्ने र सोही कार्यान्वयन बमोजिम हुने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?