प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ सम्मका लागि स्थगित : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ सम्मका लागि स्थगित

मेरो आर्थिक मेरो आर्थिक असाेज २६ गते २०८०

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?