Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

इजरायलमा मारिएका नेपालीको शव काठमाडौंस्थित विमानस्थलमा ल्याइयो

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ५ गते २०८०
इजरायलमा मारिएका नेपालीको शव काठमाडौंस्थित विमानस्थलमा ल्याइयो

प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । आज बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको हो ।

शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायल स्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरी गरी चार जनाको शब नेपाल पठाएको दूतावासले जनाएको थियो ।

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ।

काठमाडौं आइपुगे लगत्तै शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ । अहिले त्रिभुवन बिमान स्थलमा शव बुभ्mने तयारी भइरहेको जनाइएको छ ।

Add a new comment