Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज विजया दशमी घर घरमा बडा दशैं भब्य रुपमा मनाईँदै

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ७ गते २०८०
आज विजया दशमी घर घरमा बडा दशैं भब्य रुपमा मनाईँदै

आज विजया दशमी घर घरमा बडा दशैं भब्य रुपमा मनाईँदैछ । आज शुभ साइतमा नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम आज बिहान ११ः०२ बजे रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ । यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउ सकिने जनाइएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । नेपालको पश्चिमका केही जिल्लाहरुमा भने बिजया दशमी अर्थात् आजैका दिनमात्र टीका ग्रहण गर्ने चलन छ । देशका ग्रामीण भेगमा बिहानैबाट चहल पहल शुरु भएको छ ।

Add a new comment