Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा विजया दशमीको अवसरमा शुभकामना सन्देश

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ७ गते २०८०
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा विजया दशमीको अवसरमा शुभकामना सन्देश

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा शुभकामना सन्देश दिएका छन् । आज बिजया दशमीको अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दै मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गरेका छन् ।

दशैंको अवसरमा राष्ट्रपति पौडेलद्धारा जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’

राष्ट्रपति पौडेलले राष्ट्र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायीत्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन् । उनले देश विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुवास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिएका छन् ।

Add a new comment