Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा विजया दशमीको शुभकामना व्यक्त

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ७ गते २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा विजया दशमीको शुभकामना व्यक्त

विजया दशमीको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् ।

‘नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ’ उनको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रचण्डले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

सरकार सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील रहेको पनि उनले उल्लेख गरेका छन् । सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

Add a new comment