Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बिजया दशमीको दिन अर्को बिजय, एसिसी यु–१९ प्रिमियर कप नेपाललाई

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ८ गते २०८०
बिजया दशमीको दिन अर्को बिजय, एसिसी यु–१९ प्रिमियर कप नेपाललाई

एसिसी यु–१९ प्रिमियर कपको उपाधि नेपाललाई हात परेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु–१९ प्रिमियर कपको उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६.५ ओभरमा अलआउट भयो । उसले १७८ रन मात्रै जोड्न सक्यो । फल स्वरुप नेपालले उक्त उपाधि हात पारेको छ । दशैंको खुशी साटिरहेका नेपालीलाई यसले डवल खुशी दिएको क्रिकेट समर्थकहरुले बताएका छन् ।

Add a new comment