आज शुक्रबार आश्विन शुक्ल त्रयोदशीका दिन पनि दशैं पर्व जारी : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

आज शुक्रबार आश्विन शुक्ल त्रयोदशीका दिन पनि दशैं पर्व जारी

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १० गते २०८०

आज वि.सं. कार्तिक १० गते, २०८०, बिहीबार आश्विन शुक्ल त्रयोदशीका दिन पनि अघिल्लो दिन जस्तै नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम चलिरहेको छ । पाँच दिन सम्म चल्ने यो पर्वमा आज चौथो दिन पनि यो क्रम जारी रहेको हो ।

घटस्थापना देखि लगातार नौ दिनसम्म दुर्गा माताको पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजया दशमीको दिनदेखि शुरु भएको टीका प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?