Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

उपत्यका बाहिर जानेहरू फर्कन थालेसँगै काठमाडौं भित्रिने नाकामा भीड

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १० गते २०८०
उपत्यका बाहिर जानेहरू फर्कन थालेसँगै काठमाडौं भित्रिने नाकामा भीड

काठमाडौं उपत्यकामा आफ्नो आफन्त भेट्न गाऊँ गएका मानिसहरु फर्कने क्रम बढेको छ । दसैंको टीका सकिएसँगै गाउँ गएका मानिसहरू फर्किन थालेका हुन्।

मानिसहरू काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट प्रवेश गरिरहेका छन्। आज शुक्रबारबाट केही कार्यालयहरू पनि खुलेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दसैं मनाउन मानिसहरू गाउँ फर्किएपछि केही दिन काठमाडौंमा सवारीसाधन र मानिसको हिँडडुल कम भई सुनसान भएको थियो ।

शुक्रबारदेखि भने मानिसहरूको चहलपहल देखिन थालेको हो । उपत्यका बाहिर जानेहरू फर्कन थालेसँगै काठमाडौं भित्रिने नाकामा भीड देखिन थालेको छ। बिहीबार उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हाल नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।

Add a new comment