नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दै

मेरो आर्थिक
कार्तिक १६ गते २०८०
समयः ६:३९ am

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।