Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपालको पश्चिमी जिल्लामा शुक्रबार भूकम्प, मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १८ गते २०८०
नेपालको पश्चिमी जिल्लामा शुक्रबार भूकम्प, मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

शुक्रबार नेपालको पश्चिमी जिल्लामा राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट, रामे डाँडा केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार हाल सम्म भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । भूकम्पमा परी कम्तीमा १०० जना भन्दा बढी घाइते भएका छन् । भूकम्पपछि सुख्खा पहिरोले बाटो अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको बताइएको छ ।

भुकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको हो। भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन गरिएको छ ।

भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको जनाइएको छ । हाल सम्म क्षति नभएको घर नरहेको बताइएको छ ।

Add a new comment