भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै, रुकुममा मात्रै ३६ जनाको मृत्यु

मेरो आर्थिक
कार्तिक १८ गते २०८०
समयः ७:३३ am

जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुम पश्चिममा मात्रै मृत्यु हुनेको संख्या ३६ पुगेको छ । पछिल्लो बिबरण अनुसार भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३६ पुगेको बताइएको हो ।
भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइतेभएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।