बिनाशकारी भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु, २५३ जना घाइते : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

बिनाशकारी भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु, २५३ जना घाइते

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १९ गते २०८०

जाजरकोट केन्द्रविन्दु भएको बिनाशकारी भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमध्ये जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई–दुई जना रहेको जनाइएको छ । हाल उनीहरुको उपचार भइरहेको छ । सामान्य घाइतेकालागि प्राथमिक उपचार समेत गरिएको छ ।

बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या उच्च रहेको छ । हालसम्मको बिवरण अनुसार जम्मा १ सय ५७ जनाको भुकम्पमा परी मृत्यु भइसकेको छ जस मध्ये जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेको थ्यहाँका प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् । यो संख्या अझ बढ्न सक्ने आँकलन गरिएको छ । उद्धारकार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।