Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

डोटीमा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १९ गते २०८०
डोटीमा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार बिहान शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जनाको मृत्यु तथा पाँच घाइते भएका छन् । घटनास्थलमै मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।

ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो ।

Add a new comment