Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

तिहार शनिबारदेखि सुरू, भाइटीकाको शुभ साइत बुधबार बिहान १०ः५१ बजे

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २१ गते २०८०
तिहार शनिबारदेखि सुरू, भाइटीकाको शुभ साइत बुधबार बिहान १०ः५१ बजे

यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरू हुँदैछ। यो नेपालीको दोस्रो ठूलो चाड भएकाले दसैं पछि तिहारलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। हाम्रो परम्परा अनुसार तिहार पाँच दिनसम्म मनाउने गरिन्छ।

यस बर्ष पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ मानिन्छ । राज्यका उच्चपदस्त ब्याक्तिहरुले भने साइतमै टीका लगाउने शास्त्रीय नियम रहेको समितिले जनाएको छ।

यम पञ्चकमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पुजा गरिन्छ । नेवारी समुदायमा नयाँ बर्ष (नेपाल संवत ११४४) तथा म्हःपुजा समेत गरिन्छ । लक्ष्मी पुजाका दिन दीपावली गरिन्छ ।

Add a new comment