चीनले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री

मेरो आर्थिक
कार्तिक २२ गते २०८०
समयः २:३३ pm

चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे ।
नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु;खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो । आज बिहान काठमाडौँ आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।