Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

फरवार्ड माइक्रोफाइनान्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री प्रदान

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २४ गते २०८०
फरवार्ड माइक्रोफाइनान्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री प्रदान

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ईलामको सन्दकपुर पालिकाको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्सले सन्दकपुर नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयको ७२औं वार्षिक उत्सवको अवसरमा बालबिकास केन्द्रमा अध्ययनरत बालबालिका हरुकालागि बिभिन्न किसिमका शैक्षिक सामाग्रीहरू हस्तान्तरण गरेको फरवार्डका सामान्य प्रशासन प्रमुख विनोदकुमार चौधरीले जानकारी दिए । माइक्रोफाइनान्सले उक्त अवसरमा कापी, कलम, खेदकुद सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै उनीहरुको सीप र क्षमतालाई व्यवसायीकरण गर्न सामुहिक जमानीमा कर्जा प्रवाह गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउँदै फरवार्डले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको सामान्य प्रशासन प्रमुख चौधरीले बताए ।

लघुवित्त कार्यक्रमका कारण देशका लाखौं महिला दिदिबहिनीहरु आत्मनिर्भर तथा स्वरोजगार भएको जनाउँदै चौधरीले शिक्षा क्षेत्रको विकास, सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि संस्थाले सहयोग गर्दै आइरहेको जिकीर गरे । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्डले देशका ४० जिल्लाहरुमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Add a new comment