आजबाट तिहार शुरु, आज काग तिहार तथा धनवन्तरी जयन्ती

मेरो आर्थिक
कार्तिक २५ गते २०८०
समयः ८:२७ am

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजदेखि शुरु भएको छ । यससँगै आजबाट तिहार शुरु भएको हो ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कार्तिक कृष्ण त्रयोदशीमा सायंकालमा यमदीपदान गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । भोली तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
