Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ७ गते २०८०
अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाडौंको फरक–फरक दुई ठाउँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । आज बिहीबार कै दिन नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

आज उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुशका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौं उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने ट्राफिक कार्यालयको भनाई छ ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ। एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

यता सरकारले भने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको सुरक्षा निकयले जनाएको छ ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंका अनुसार बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गर्ने भएको छ ।

Add a new comment