उपप्राध्यापक चलाउनेमाथि आक्रमण: २ वर्ष कैद सजाय, २८ लाख रुपैयाँ क्षतिपूर्ति : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

उपप्राध्यापक चलाउनेमाथि आक्रमण: २ वर्ष कैद सजाय, २८ लाख रुपैयाँ क्षतिपूर्ति

मेरो आर्थिक मेरो आर्थिक मंसिर ८ गते २०८०

जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ ।

पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् ।

न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?